• फाल्गुन २७ २०८२, बुधबार

प्रधानमन्त्री देउवा,अध्यक्ष दाहाल र माधव नेपालबीच बालुवाटारमा छलफल जारी

भाद्र ३ २०७८, बिहीबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बालुवाटारमा छलफल शुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न केहीबेर अघि बालुवाटार पुगेका हुन्।

अहिले तीन नेताबीच पछिल्लो राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

एमालेसँग पार्टी विभाजन गरेको २४ घण्टापनि नबित्दै माओवादी केन्द्र र एमाले समाजवादीका अध्यक्ष बालुवाटार पुग्नुलाई महत्वका साथ हेरिएको छ ।
एमाले तथा जनता समाजवादी पार्टी जसपा टुक्याउन सहज हुनेगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएका थिए । त्यसपश्चात एमालेमा माधव नेपाल र उता जसपाका महन्थ ठाकुरले छुट्टै छुट्टै पार्टी दर्ता गरिसकेका छन् ।