• फाल्गुन २७ २०८२, बुधबार

कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिँड्यो : कमल थापा

भाद्र ३ २०७८, बिहीबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सत्तारुढ दल नेपाली कांग्रेस आत्मघाती र फोहरी बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत थापाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरे पछिदलीय प्रणालीलाई कमजोर बनाउने र त्यसले राजनीतिक अस्थिरता बढाउने निश्चित भएको बताएका छन् । यो शुभ संकेत नभएको थापाको भनाइ छ।

सामाजिक सञ्जालमा थापाले भनेका छन्–संविधानको धारा ७६(५) प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र९रु०गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ। कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो। यो शुभ संकेत होइन।’