• फाल्गुन २७ २०८२, बुधबार

हिजैमात्र नयाँ पार्टी खोलेका माधव प्रधानमन्त्री भेट्न बालुवाटार पुगे, प्रचण्ड पनि त्यतैतिर

भाद्र ३ २०७८, बिहीबार

काठमाडौं । हिजो बुधबार मात्रै नयाँ पार्टी नेकपा एमाले समाजवादी गठन गरेका माधवकुमार नेपाल प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

आजको यो भेटमा उनी र देउवाबीच मन्त्रिपरिषद् विस्तार, राजनीतिक दल विभाजनका लागि सहज बनाउन ल्याइएको अध्यादेश र सरकारका कामबारे छलफल हुने बताइएको छ ।

केही बेरअघि मात्र बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन् ।