• फाल्गुन २७ २०८२, बुधबार

बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा सपथग्रहण

भाद्र २ २०७८, बुधबार

काठमाडौं । बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गरेकी छिन् ।

मुख्यमन्त्री शाक्यले सपथ ग्रहण लगत्तै दुई मन्त्री समेत नियुक्त गरेकी छन् ।

केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् ।

सपथ ग्रहण लिएसंगै मुख्यमन्त्री शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् । यसअघि बाग्मती प्रदेशकै प्रदेश प्रमुख अनुराधा कोइराला पनि नेपालकै पहिलो महिला प्रदेशप्रमुख बनेकी थिइन् ।