• फाल्गुन २७ २०८२, बुधबार

पार्टी एकताको सम्भावना अझै टरेको छैन : रामकुमारी झाँक्री

भाद्र २ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकताको सम्भावना अझै कायमै रहेको बताएकी छन्। आज नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा पुगेकी झाँक्रीले पत्रकारहरूसँग कुराकानी गर्दै आफूहरू अझै सिंगो एमालेकै पक्षमा रहेको बताइन्।

‘दुइटा पार्टीको स्टाटसमा पार्टी एकता हुन सक्ने सम्भावना जहिले पनि रहन्छ,’ उनले भनिन्, ‘विवादहरू हल भए भने पार्टी एकता हुन्छ, सम्भावना टरेको छैन । नयाँ पार्टी दर्ता भइसके पनि दुई पार्टीबीच एकता हुन्छ।’

नयाँ दल दर्ता भए पनि नेकपा एमालेसँग एकता हुन सक्ने उनको भनाइ छ ।

उनले पार्टीले आयोगबाट मान्यता पाएपछि पार्टीको पूर्ण आकार देखिने बताएकी छन् । ​‘पार्टी दर्ताको प्रक्रिया छ। यो पूरा भएपछि सरकारमा जानेबारे पार्टीले निर्णय गर्ला,’ उनले भनिन्।

आज निर्वाचन आयोगमा माधवकुमार नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी दर्ता भएको छ। उक्त पार्टीको वरिष्ठ नेता झलनाथ खनाल छन् भने ९५ जना केन्द्रीय कमिटी सदस्य छन्।