काठमाडौं । शान्तिपूर्ण रुपमा काबुल कब्जामा लिएपछि तालिबानले पत्रकार सम्मेलन गरेर घोषणा गरेको छ– ‘विरोधीलाई माफी दियौं, दुस्मनी सकियो ।’ तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले पत्रकार माझ उक्त कुरा सार्वजनिक गरेका हुन् ।
तालिबानको काबुल सत्तामा पुनरागमनपछि विरोधी विरुद्ध कस्तो नीति अख्तियार गर्लान् भनी चर्चा भैरहेका बेला यस्तो नीति सार्वजनिक भएको हो । तालिबानले सत्ता कब्जा गरेपछिको यो पहिलो पत्रकार सम्मेलन हो ।
लगातार बीस वर्षको सङ्घर्षपछि ‘देश स्वतन्त्र बनाएको’ घोषणा गर्दै ‘विदेशीलाई देशबाट बाहिर निकालिदिएको’ कुरालाई तालिबानले गौरवका रुपमा लिएको छ । यो भनाइ सँगै तालिबानले कसैको पनि क्षति नगर्ने कुरा दोहर्याएको छ ।
महिलाहरुको अधिकार सरिया कानुन अनुसार नै खोजिने र लागू गरिने भन्दै आफूहरू महिलाको हकहितका लागि प्रतिबद्ध भएको जनाइएको छ । अफ्गानिस्तान अब शान्ति मैदान भएको उनीहरुको दाबी रहेको छ ।