काठमाडौँ, बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने भएकी छन्।
शाक्यलाई संसदीय दलको नेता चयन गरेर आजै मुख्यमन्त्री घोषणा गर्न लागेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए। अहिले संसदीय दलको बैठक जारी रहेको बताइएको छ ।
शाक्यलाई नियुक्ति गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने तयारी भइरहेको छ।