• फाल्गुन २७ २०८२, बुधबार

अध्यादेश जारी गरेसँगै माधव नेपाल समूह छलफलमा

भाद्र २ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेको माधवकुमार नेपाल समूह छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नयाँ पार्टीका लागि नयाँ बानेश्वरस्थित होटल अर्यालमा नेपाल पक्ष छलफलमा जुटेका हुन् । अब के गर्ने भन्ने विषयमा नेपाल पक्षका शीर्ष नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।

छलफलपछि सो समूह निर्वाचन आयोग जाने तयारीमा छ ।

पार्टी विभाजन गर्ने विषयमा स्थायी कमिटीका सदस्यहरुको भने विमति रहेँदै आएको छ । १० बुँदै सहमतिका आधारमा पार्टी एकता दीर्घकालीन बनाएर अघि बढ्नुपर्ने उनीहरुको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो अध्यादेश जारी गरेकी छिन् ।