• फाल्गुन २७ २०८२, बुधबार

राष्ट्रपति भण्डारीले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

भाद्र २ २०७८, बुधबार

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो ।

बुधबार दिउँसो राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन् ।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमा छ ।

यसअघि कम्तीमा ४० प्रतिशत सदस्य पुगेमात्रै दल फुटाउन पाइने व्यवस्था थियो ।