काठमाडौँ । राष्ट्रपतिको कार्यालयले सरकारले सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शितल निवासमा पुगेको छ ।
उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी गर्ने तयारी गरेकी छन् ।