• फाल्गुन २७ २०८२, बुधबार

संसद छलेर अध्यादेश ल्याउनु हिजो पनि गलत, आज पनि गलत, सधैँ गलत : गगन थापा

भाद्र २ २०७८, बुधबार

काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद अधिवेशन हठात अन्त्य गरी अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । यसअघि तत्कालीन केपी ओली सरकारले अध्यादेश ल्‍याउदा गलत भनेर त्यसविरुद्ध उभिएका कसैलाई पनि आज समर्थन गर्ने हक नभएको पनि उनले टीप्पणी गरेका छन् ।अहिले अध्यादेशको समर्थन गर्ने भए त्यति बेला विरोध गरेकोमा माफी माग्नुपर्ने उनको भनाइ छ ।

बुधबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’

साथै उनले ओलीले ल्याएको अध्यादेशको समर्थन गर्नेहरुलाई अहिले अध्यादेशको विरोध गर्ने हक नभएको पनि बताएका छन् ।

उनले थप लेखेका छन् ,‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन÷हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’