• फाल्गुन २७ २०८२, बुधबार

ओलीले ल्याएको अध्ययादेश ५ मिनेट मै जारी गर्ने, अहिले के हेरेको ?

भाद्र २ २०७८, बुधबार

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यादेश जारी नगरी अल्झाएर राखेको भन्दै राष्ट्रपतिप्रति आक्रोश व्यक्त गरेको छ । सो समूहका एकजना सांसदले राष्ट्रपतिप्रति आक्रोश व्यक्त गरेका छन् ।

“केपी शर्मा ओलीले संसद भंग गर्ने गरी लगेको प्रस्ताव पाँच मिनेटमै जारी गर्ने, अहिले अध्यादेश आउँदा के हेरेर बसेको ?,” सांसद मेटमणि चौधरीले भने, “जारी नगरी सुख त छैन ।”

उनले भने, “राष्ट्रपति हटाउने तागत पनि हामीसँग छ । लाजकाजका लागि आजको दिन रोकिएला, कति दिन रोक्न सकिन्छ र ?”