• फाल्गुन २७ २०८२, बुधबार

देशव्यापी संगठन विस्तारका लागि सक्रिय हुन नेपालको निर्देशन

भाद्र १ २०७८, मंगलवार

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी खोल्ने तयारी थालेको छ ।

आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले नयाँ पार्टी खोल्ने तयारी गरेका हुन् । ‘हामीले फेरि नयाँ पार्टी खोलिहाल्यौंं भने एकताको ढोका खुल्ला हुनेछ,’ नेता नेपालले भेलालाई सम्बोधन गर्दै भने, ‘तीन महिना एक वर्षपछि भेट पनि हुन सक्छ ।’

उनले अब आफूहरु पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताए । क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिने बताउँदै उनले भने, ‘आन्दोलनको झण्डा बुलन्द गरिनेछ । नेपाली जनताको प्यारो शक्तिका रुपमा बनाइने छ ।’ उनले देशव्यापी रुपमा संगठन विस्तारका लागि सक्रिय हुन निर्देशन दिए ।

केपी ओलीले आत्मालोचना गरेर, गल्ति स्वीकारेर आए एकताका लागि कहिल्यै पनि ढोका बन्द नहुने उनले बताए । अब हुने एकता ‘सही विचारमा आधारित एकता’ हुने उनको भनाइ छ ।