• फाल्गुन २७ २०८२, बुधबार

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य हुँदैन : अध्यक्ष ओली

भाद्र १ २०७८, मंगलवार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने बताएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने स्पष्ट पारे ।

संसद अधिवेशन रोकेर १२ घण्टा नवित्दै कालो र षडयन्त्रपूर्वक दल बिभाजको अध्यादेश सरकारले ल्याएको भन्दै उनले आक्रोश व्यक्त गरे । ओलीले तत्काल अध्यादेश फिर्ता लिन माग गरे ।

उनले आफ्नो पार्टी फुटाउन कांग्रेस लगाएतका दलहरु लागेको भन्दै अध्यादेश खारेज नभए वा एमाले फुटे महङ्गो पर्ने चेतावनी समेत दिए । अहिलेको सरकारले प्रतिपक्षीमाथि दमन गर्न खोजेको भन्दै अव एमाले चूप लागेर नबस्ने उनले बताए ।

पार्टी एकताका लागि आफुले अधिकतम लचकता अपनाएपनि अर्को पक्षले एक पछि अर्को अडान लिएका कारण समस्या भएको उनले बताए ।