• फाल्गुन २८ २०८२, बिहीबार

एमालेले निर्वाचन आयोगमा पठायो २६० केन्द्रीय कमिटीको विवरण

भाद्र १ २०७८, मंगलवार

काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोग पठाएको छ । मंगलबार एमाले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो ।

यसअघि वि.सं. २०७५ जेठ २ अघि एमालेमा २०३ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो, भने मंगलबार थप नाम थपेर २६४ सदस्य रहेको विवरण आयोगमा पठाइएको बताइएको छ । उनीहरु मध्ये केहीको निधन भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण आयोगमा पठाइएको हो ।

एमालेले नेकपाको एकतासँगै थपिएका सदस्यसहित २६५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।