• फाल्गुन २८ २०८२, बिहीबार

नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

भाद्र १ २०७८, मंगलवार

काठमाडौँ। प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मंगलबार दिउँसो शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख मिश्रलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा १६७ बमोजिम मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।