• फाल्गुन २७ २०८२, बुधबार

प्रतिगामी निर्णयको सबैले विरोध गरौँ , फिर्ता लिन बाध्य पारौँ : गोकर्ण विष्ट

भाद्र १ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेका नेता गोकर्ण विष्टले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थिरता निम्त्याउन खोजेको बताएका छन् । देउवा नेतृत्वको सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि नेता विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले सरकारको निर्णय खेदजनक भन्दै यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने बताएका छन् ।

उनले साे अध्यादेशको सबैले बिरोध गरेर फिर्ता लिन बाध्य पारौँ भन्दै आह्वानसमेत गरेका छन् ।

विष्टको फेसबुक स्टाटस:

लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुस्खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।