काठमाडौं । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु दौडिरहेको देख्न सकिन्छ भने केही मानिसहरु आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला खसेको बताइएको छ । काबुल सहरको माथि उड्दै गरेको विमानबाट मानिसहरू ख सेको भिडियो पनि आएको छ ।जसमा मानिसहरू खस्दै गरेको देख्न सकिनेछ ।
विमान आकाशमा उडेपछि उनी एक–एक गरेर खसेको बताइएको छ भने भिडियोमा समेत देख्न सकिन्छ ।
यद्यपि, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भीड देखिएको छ ।