• फाल्गुन २७ २०८२, बुधबार

संघीय संसदको अधिवेशन आजैदेखि अन्त्य हुँदै

श्रावण ३२ २०७८, सोमबार

काठमाडौँ। संघीय संसदको चालू अधिवेशन सोमबार (आजै ) राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुबै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । यो सँगै सोमबार राति १२ बजेबाट प्रतिनिधिसभाको अधिवेशन अन्त्य हुने छ ।

यसअघि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै साउन ३ गते संसद बैठक राख्न आदेश दिएको थियो ।

प्रतिनिधिसभा पुनर्स्थापना भएको एक महिना पुगे पनि यो अवधि खासै उपलब्धिमूलक बन्न सकेन । केही अध्यादेश र विधेयकहरु संसदमा अलपत्र भए पनि यो अधिवेशनमा छलफल हुन पाएन।

सरकारले पर्याप्त बिजनेश दिन नसक्दा संसद बैठकहरू शून्य र विशेष समयमा सांसदका भाषण, संसदीय समितिका प्रतिवेदन, शोक प्रस्तावमै सिमित बन्यो।