काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको सम्बन्धमा यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरुले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न माग गरे लगत्तै सभामुख सापकोटाले सरकारलाई रुलिङ गरेका हुन् ।
‘हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा प्रतिनिधिसभासहित मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुख सापकोटाले भने, ‘त्यहाँ रहेका नेपालीहरु सुरक्षित रुपमा रहने वातावरण बनाउन र यथाशीघ्र सकुशल ल्याउने व्यवस्था गर्न र सो सम्बन्धी यथार्थ विवरण सभाको आगामी बैठकमा जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’