• फाल्गुन २७ २०८२, बुधबार

हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउने सरकारको निर्णय

श्रावण ३२ २०७८, सोमबार

काठमाडौँ। सरकारले प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा. राजेश झालाई हटाएर महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य र पूर्वसांसद हुन् ।

यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले ७ फागुन २०७७ मा प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो ।