• फाल्गुन २७ २०८२, बुधबार

अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्छ : प्रधानमन्त्री देउवा

श्रावण ३२ २०७८, सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेको नेपालीको उद्धार गर्न आवश्यक निर्देशन दिइसकेको बताएका छन् । देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएकाले अत्यावश्यक उद्धार प्रबन्ध मिलाउन आइतबारै निर्देशन दिएको बताएका छन् ।

सोमबार बिहान ट्वीट गर्दै उनले भनेका छन् “अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,” “सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।”