• बैशाख ९ २०८२, मंगलवार

को हुन् असरफ घानी ? भागेर कहाँ गए ?

श्रावण ३२ २०७८, सोमबार

काठमाडौं । तालिबानले अफगानिस्तान कब्जा गारेपछि गराष्ट्रपति असरफ घानी देश छाडेर पलायन भएका छन् । उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी छाडेर अन्तै गएका छन् ।

रिपोर्टसका अनुसार राष्ट्रपति घानी भागेर ताजकिस्तान गएको पत्ता लागेको थियो । यद्यपि अलजजिराले भने राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको जनाएको छ ।

अलजजिराले राष्ट्रपतिका बडिगार्डलाई उद्धृत गर्दै सो कुरा जनाएको हो । यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि भएको छैन । फेसबुक पोष्टमार्फत् अफगानिस्तानका नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति घानीले देश छाड्ने निणर्य कठिन थियो भनेका छन् ।

उनले रक्तपात रोक्नका लागि यस्तो निणर्य लिन बाध्य भएको पनि बताएका छन् । तालिबान काबुलमा आएपछि झडप हुने र त्यसबाट लाखौं जनताको जीवन खतरामा पर्ने भएकाले देश छाड्न बाध्य भएको उनको भनाइ थियो ।

‘आज मलाई एक कठिन निणर्य लिनु थियो या त म सशस्त्र तालिबान, जो राष्ट्रपति भवनमा प्रवेश गर्न चाहन्थे, उनीहरुको अगाडि उभियौं, या आफ्नो प्यारो देश, जसको सुरक्षाका लागि मैले २० वर्ष खर्चिएँ, त्यसलाई छोडुँ ।’

यदि यसक्रममा अनगिन्ती मानिस मारिन्छन् र काबुल शहर ध्वंस हुन्छ भने ६० लाख जनसंख्या भएको शहरमा ठूलो मानवीय त्रासदी हुन्थ्यो ।’

उनले अगाडि भनेका छन्- तालिबानले तलबार र बन्दुकको बलमा जित हासिल गरेका छन् र अब देशका जनता, सम्पत्ती र सुरक्षाको जिम्मेवारी तालिबानमाथि छ । यदि उनीहरुले मन जित्न सकेनन् भने इतिहासमा कहिल्यै कसैलाई यो अधिकार केबल बलपूर्वक पाएको छ र यो कहिल्यै पाउने छैन । अब उनीहरुले एक ऐतिहासिक परीक्षाको सामना गर्नुपर्नेछ । उनीहरुले अफगानिस्तान वा अन्य क्षेत्र र सन्जालको नाम तथा प्रतिष्ठा बचाउनु पर्ने छ ।

को हुन् असरफ घानी ?

असरफ घानी अफगानिस्तानमा दुई पटक राष्ट्रपति बने । उनी पहिलो पटक सन् २०१४ र दोस्रो पटक सन् २०१९ मा राष्ट्रपति चुनिएका थिए ।

उनी एक पूर्वप्राविधिक शास्त्री हुन् । उनलाई देशको चर्चित शिक्षाविदको रुपमा पनि चिनिन्थ्यो । उनले आफ्नो करिअरको अधिकांश समय अफगानिस्तान बाहिर नै बिताएका छन् । तर उनी कयौं वर्षको युद्धपछि अफगानिस्तानको पुनर्निर्माणका लागि फर्किएका थिए ।

जब उनले राष्ट्रपति पद सम्हाले, त्यतिबेला उनले एक इमान्दार व्यक्तित्वको पहिचान बनाए । यद्यपि उनलाई छिट्टै आवेशमा आउने व्यक्तिको रुपमा पनि चिनिन्छ । देशको बहुसंख्यक पुश्तन समुदायका घानीले सन् २०१४ मा यस्तो बेलामा राष्ट्रपति पद सम्हाले, जतिबेला अधिकांश विदेशी सैनिकले अफगानिस्तान छोडिरहेका थिए ।

उनले देशबाट विदेशी सेना फिर्ता हुने र तालिबानसँग लगातार झगडालु शान्ति वार्तामा नजर राखिरहे । तर तालिबानले उनी नेतृत्वको सरकारलाई सधैं अमेरिकाको कठपुतलीको रुपमा प्रचार गरिरह्यो ।