• बैशाख ९ २०८२, मंगलवार

यति छिट्टै कब्जा होला भन्ने सोचेका थियनौं : तालिवान नेता

श्रावण ३२ २०७८, सोमबार

काठमाडौं । तालिवान विद्रोही अफगानिस्तानमाथी कब्जामा लिन सफल भएको छ । आइतबार तीन महत्वपूणर् घटनाक्रमहरू भए ।

पहिलो -राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह आफ्ना निकटस्तहरुसँग देश छाडेर भागे । दोस्रो-तालिबानले राष्ट्रपति भवन (अर्ग) माथि कब्जा जमायो । तेस्रो-तालिबान नेता मुल्ला बरदारको बयान आयो । उनले भने, ‘सबै जनताको धनमालको सुरक्षा गरिनेछ । अगामी केही दिनमा सबै नियन्त्रणमा लिइने । हामीले सोचेकै थिएनौँ कि यति सजिलै र यति चाँडै जीत हासिल हुनेछ । आगामी केही दिनमा सबै सामान्य हुनेछ ।’

तालिवानका नेताहरू राष्ट्रपति भवनमा बसेर विभिन्न च्यानलहरूलाई अन्तरवार्ता दिइरहेका छन् । उनीहरूको दाबी छ कि राष्ट्रपति गनी देश छाडेर जाँदा ५० लाख डलर साथमा लिएर जाने प्रयासमा थिए । तर, उक्त रकम राष्ट्रपति भवनको हेलिप्याडमा नै छाडियो ।

केही मिडिया रिपोर्टमा राति काबुलमा केही विस्फोटको आवाजहरु पनि सुनिएका थिए । तर, तालिबान स्रोतहरूले यसबारे पुष्टि गरेको छैन । काबुल विमानस्थलबाट व्यावसायिक उडानमा रोक लगाइएको छ ।
यसबीच देशमा शान्ति बहाली गर्न एक समन्वय परिषद बनाइएको छ । पूर्व राष्ट्रपति हामिद कारजईले यसको अगुवाइ गर्नेछन् । यसमा अब्दुल्ला अब्दुल्ला र जिहादी नेता गुलबुद्दीन हिकमतयार पनि रहनेछन् ।

समाचार एजेन्सीका अनुसार तालिवानले चाँडै राष्ट्रपति भवनबाट इस्लामिक इमिरेट्स अफ अफगानिस्तान घोषणा गर्ने तयारी गरेको छ । काबुलमा तीव्र गतिमा बदलिँदै परिस्थितिबीच अमेरिकाले स्केयूरिटी अलर्ट जारी गरेको छ ।

जसमा काबुल विमानस्थलमा सुरक्षाको अवस्था तीव्ररुपमा बदलिरहेको छ । केही मिडिया रिपोर्टमा विमानस्थलमा आगलागी भएको खबरसमेत आएको थियो । काबुलस्थित अमेरिकी दूतावास खाली भएको छ । अमेरिकी राजदूत अफगानिस्तान छाडेर भागिसकेका छन् ।

काबुल विमानस्थलमा कर्मचारीहरू भागेपछि कयौँ विमान बिना सबै यात्रु नै उडेको थिए । अहिले काबुलमा कुनै पनि यात्रुवाहक विमानहरू छैनन् । मात्र अमेरिकी सैन्य विमान रहेका छन् ।