• बैशाख ९ २०८२, मंगलवार

अफगानिस्तानका राष्ट्रपति देश छोडेर ताजिकास्तानतिर लागे

श्रावण ३१ २०७८, आईतवार

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् ।

राष्ट्रपति घानीले देश छोडेर ताजिकास्तानतिर लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

तालिवानीले अफगानिस्तानका अधिकांश भूभाग आफ्नो कब्जामा लिइरहेका बेला राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो ।

दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा उनी राजीनामा दिनुपर्ने दबावमा थिए।

यता, तालिवानले शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिक्षामा आफूहरु रहेको जनाएको छ । उसले सबै अफगानीको समावेशी सरकार चाहेको जनाएको छ ।