• फाल्गुन २७ २०८२, बुधबार

अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न समिति गठन,‘ट्राभल एडभाइजरी’ समेत जारी

श्रावण ३१ २०७८, आईतवार

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न समिति गठन गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको जनाएको हो । मन्त्रालयका सचिव भरतराज पौड्यालले प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सो कुरा बताएका हुन् ।

समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति गठन भएको र समितिले आइतबारदेखि नै काम अघि बढाएको उनले बताए ।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेवसाइटमा अनलाइन रजिस्ट्रेशनको व्यवस्था समेत गरिएको जनाइएको छ ।

उद्धारसँग सम्बन्धित सम्पर्कका लागि लागि भाइबर ह्वाट्स एप सुविधासिहतकाे मोबाइल नम्बरको समेत व्यवस्था गरिएको र सो मार्फत आफ्नो अवस्थाका बारेमा जानकारी गराउन समेत मन्त्रालयले अनुरोध गर्दै अफगानिस्तानमा विकसित पछिल्लो घटनाकक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ‘ट्राभल एडभाइजरी’ समेत जारी गरिएको जनाएको छ ।