• फाल्गुन २७ २०८२, बुधबार

अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन

श्रावण ३१ २०७८, आईतवार

काठमाडौं ।  सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल हवाई माध्यमबाट उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले तालिवानले राजधानी काबूल समेत नियन्त्रणमा लिने स्थिति देखिएको हुँदा त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति पवित्रा निरौलाले अफगानस्तानको अवस्था बिँग्रदै गएका बेला त्यहाँ रहेका नेपालीहरुको सुरक्षा गर्नुपर्ने सरकारको प्रमुख दायित्व भएको बताइन् ।

‘तालिवानले राजधानी काबूल समेतलाई नियन्त्रणमा लिने स्थिति देखिएकाले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रुपमा हवाई उद्धार गर्नको लागि तत्काल सबै कुटनीतिक लगायतका उपाय अबलम्बन गर्न निर्देशन दिएका छौँ ।’