काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका शीर्ष तहका नेतालाई बोहराटार स्थित निवासमा बोलाएर छलफल गरिरहेका छन्। पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको भोलिपल्ट नै पौडेलले आफ्नो समूहका नेताको भेला बोलाएका हुन् । अहिले जारी भेलामा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइरालालगायत नेता छन् ।
आजको बैठकमा मन्त्री छनोटदेखि महाधिवेशनबारे रणनीति बनाउने विषयमा छलफल हुने बताइएको छ ।