• फाल्गुन २४ २०८२, आईतवार

चारै दिशाबाट काबुल प्रवेश गर्न थाले तालिवान विद्रोही

श्रावण ३१ २०७८, आईतवार

काठमाडौँ। अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल प्रवेश गर्न थालेका छन् । आइतबार पूर्वी सहर जलालाबाद कब्जा गरेको केही घण्टापछि नै तालिवान विद्रोहीहरू चारै दिशाबाट काबुल प्रवेश गर्न शुरु गरेको समाचारआएको हो ।

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमानिस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको रोएटर्सले जनाएको छ।

तर, अफगान राष्ट्रपतिको कार्यालयले भने स्थिति नियन्त्रणमा भएको दाबी गरेको छ। (बीबीसीको सहयोगमा)