• फाल्गुन २७ २०८२, बुधबार

अफगानिस्तानबाट नेपालीलाई स्वदेश फर्काउन राप्रपाको माग

श्रावण ३१ २०७८, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित ढंगले स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा तालिबानको आक्रमण बढिरहेको बेला नेपालीहरुको सुरक्षाबारे चिन्तित रहेको उल्लेख गर्दै सुरक्षि ढंगले स्वदेश फर्काउनन माग गरेका हुन् ।

‘तालिबानी विद्रोहीको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ । तसर्थ अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’’राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

यस्तै, बेलायतमा अनसनरत भूतपूर्व ब्रिटिश सेनाहरुको माग पुरा गर्नसमेत बेलायत सरकारसँग राप्रपाले माग गरेको छ ।