• फाल्गुन २७ २०८२, बुधबार

१४औं महाधिवेशनको नयाँ कार्यतालिकामा परिमार्जन गरिने : कांग्रेस

श्रावण ३० २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको नयाँ कार्यतालिकामा आवश्यक परिमार्जन गरिने जनाएको छ ।

बुढानीलकण्ठमा शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिकाका विषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेको र धारणा राख्ने क्रम सकिएपछि सर्वसम्मतिमै महाधिवेशनको नयाँ कार्यतालिकाको टुङ्गो लगाउने जनाएको हो ।

परिमार्जित कार्यतालिका पेश हुने तथा सर्वसम्मतले पारित हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।