• फाल्गुन २७ २०८२, बुधबार

कोराइला निवासमा पौडेल समूहको बैठक जारी

श्रावण ३० २०७८, शनिबार

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा  केही बेरअघि बैठक शुरु भएको हो ।

महामन्त्री कोइरालाको निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत सहभगी छन् ।

केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउन छुट्टै छलफलमा जुटेको जनाइएको छ ।

कांग्रेसमा क्रियाशील सदस्यता र महाधिवेशनको मिति तोक्ने विषयमा विवाद छ ।