• मंसिर १२ २०८१, बुधबार

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

श्रावण ३० २०७८, शनिबार

काठमाडौँ। सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड भएको छ । शनिबार बिहान कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

उक्त कम्पनीको आईपीओ ५ लाख ४० हजार जनाले १०–१० कित्ताका दरले शेयर पाएका छन् । सानिमाको आइपीओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो । आवेदन दिनेमध्ये १७ लाख ६८ हजार १२२ जना आवेदकले शेयर पाएनन् ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएका थियो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।