• फाल्गुन २७ २०८२, बुधबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

श्रावण ३० २०७८, शनिबार

काठमाडौं । बिहीबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । केन्द्रीय कार्यसमितिको बैठक शनिबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने तय भएको हो ।

आजको बैठकमा पनि महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानबिन समिति र समायोजन समितिले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना कम हुँदै गएपछि बैठकमा अन्य विकल्पका विषयमा पनि छलफल भइरहेको

जनाइएको छ।