• बैशाख ९ २०८२, मंगलवार

अफगानिस्तानका एक करोड ८४ लाख मानिसलाई मानवीय सहयोग चाहिन सक्छ : राष्ट्र संघ

श्रावण ३० २०७८, शनिबार

काबुल । संयुक्त राष्ट्रसंघले अफगानिस्तानका एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने जनाएको छ ।

देशभरि सरकारी सुरक्षा फौज र तालिबानबीच लडाइँ भइरहँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्याङ्कन गरिएको संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए)ले जानकारी दिएको हो ।

‘द्वन्द्व र अन्य खतराहरुबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला शहरहरूमा आइपुगेका छन्,’ओसिएचएले भनेको छ,‘विस्थापित, द्वन्द्व, बाढी, लिङ्गसम्बन्धी मुद्दा र सुरक्षा निगरानीमा ध्यान केन्द्रित गर्दै मानवीय आवश्यकता र तत्काल आवश्यक प्रतिक्रियाबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसंघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संगठनहरूबीच आन्तिरिक मूल्याङ्कन भइरहेको छ ।’