• मंसिर १२ २०८१, बुधबार

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो मौद्रिक नीति,रेमिट्यान्स रकम बैंकमा राखे थप एक प्रतिशत ब्याज (पूर्ण पाठ)

श्रावण २९ २०७८, शुक्रबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेका हुन् ।

विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको हो ।

यस्तै,आर्थिक वर्ष २०७८/०७९ मुद्रास्फीति दर ६. ५० प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ। गत वर्ष ७ प्रतिशत लक्ष्य राखिएको थियो।