• फाल्गुन २७ २०८२, बुधबार

एमसिसी सम्झौता राष्ट्रघाती छ, खारेज गरौँ : एमाले सांसद पाल

श्रावण २९ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एमालेकी सांसद निरुदेवी पालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपालको हित विपरीत भएकाले खारेज गर्न माग गरेकी छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद पालले एमसीसी राष्ट्रघाती र कयौँ प्रावधान असमान भएको भन्दै खारेज गर्न माग गरेकी हुन् ।

एमसिसी जस्तो राष्ट्रघाती परियोजनालाई राष्ट्रिय सहमति नभइ सिधै खारेज गर्नुपर्ने उनको तर्क थियो ।

‘एमसिसीसँगको कानुन नेपालको संविधानमा बाझिएमा नेपालको कानुन पो लागु पर्ने हो’, उनले भनिन्, ‘तर यहाँ त उल्टो भयो। दुवै कानुन बाझिएमा एमसिसीको कानुन लागू हुने भनिएको छ।’ ‘कानुनी रुपमा हस्तान्तरण भएमा कुनै जानकारीका लागि एमसिसीकै अनुमति चाहिने भनिएको छ, यस हिसाबले यो नेपालको हितमा छैन’, उनले भनिन्, ‘विकासका नाममा बाह्य हस्तक्षेप कुनै हालतमा स्वीकार्य छैन। एमसिसी खारेज गर्नु नै नेपालको हितमा छ।