• बैशाख ९ २०८२, मंगलवार

अत्यधिक वर्षाका कारण चीनमा थप २१ जनाको मृत्यु, ४ जना बेपत्ता

श्रावण २९ २०७८, शुक्रबार

एजेन्सी। चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन् ।

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरुले शुक्रबार जानकारी दिएका छन् ।

वर्षाका कारण आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरुले बताएका छन् ।