काठमाडौँ। सभामुख अग्नीप्रसाद सापकोटाले सांसद मात्रिका यादवले बोलेको शब्द हटाउन निर्देशन गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले हिजो बोलेको शब्दलाई हटाउन निर्देशन गरेका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद यादवले साउन २८ गते विशेष समयमा एमाले अध्यक्ष केपी शर्मा ओली ‘फिजीकल्ली र मेन्टल्ली ठिक नभएको’ टिप्पणी गरेका थिए ।
संसदमा बोलेको उक्त भनाइप्रति सर्वत्र आलोचना भइरहेको छ ।