• फाल्गुन २७ २०८२, बुधबार

मुख्यमन्त्री केसीले बनाए डाँगीलाई प्रमुख राजनीतिक सल्लाहकार

श्रावण २९ २०७८, शुक्रबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीको सपथ लगत्तै बिहिबार साझ बसेको मन्त्रिपरिषद बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवा सुविधा पाउने गरी डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको जानकारी दिए ।

नेकपा एमालेका तत्कालिन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए । डाँगीको राजीनामा पछि यसअघिका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा पर्दै गएका थिए ।

दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पूर्व मेयरसमेत भइसकेका हुन् ।