• फाल्गुन २७ २०८२, बुधबार

कांग्रेस केन्द्रीय समितिको बैठक : सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश हुन सकेन

श्रावण २८ २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा शीर्ष तहमा सहमति नजुटेपछि महाधिवेशन कार्यतालिका पेश हुन सकेको छैन ।

भदौ १६–१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने भएपछि कांग्रेसमा नयाँ कार्यतालिका बनाउन छलफलमा जुटेको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको बैठकमा शीर्ष तहमा सहमति नजुटेपछि अब कांग्रेसले निर्वाचन समितिले पेस गरेको निर्वाचन निर्देशिकामाथि छलफल भएपछि मात्रै महाधिवशेनको नयाँ कार्यतालिका ल्याउने भएको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने कांग्रेसले जनाएको छ ।

बैठकमा निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेश गरेका हुन् ।

त्यस्तै समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गरेका छन् भने क्रियाशील छानविन समितिको प्रतिवेदन नेता रमेश लेखकले पेश गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।