• मंसिर ८ २०८१, शनिबार

अन्तरीक्षमा पुगेर पनि मानार्थ यात्री रहे जेफ बेजोस र रिचर्ड ब्रान्सन

श्रावण २८ २०७८, बिहीबार

काठमाडौं । जुलाइ महिनामा दुई अमेरिकी अर्बपति अन्तरीक्षमा पुगे । ती थिए : रिचर्ड ब्रान्सन र जेफ बेजोस । यी दुवै आआफ्नै कम्पनीको अन्तरीक्षयान चढेर अन्तरीक्ष यात्रा पूरा गरी सकुशल फर्के पनि ।

सबैलाई लाग्यो इतिहास रचे, यी दुईले । मौका पनि कस्तो ! यी दुईमा ब्रान्सन अन्तरीक्ष यात्रा गर्ने विश्वकै पहिलो अर्बपति बने भने अमेजन मालिक बेजोस दोस्रो अर्बपति ।

भर्जिन ग्यालाक्टिकका मालिक रिचर्ड ब्रान्सन जुलाई ११ मा र ब्लु ओरिजिनका मालिक जेफ बेजोसले जुलाई २० अर्थात् ९ दिनको फरकमा अन्तरीक्षमा पुगे ।

तर यो मान्यता कानुनले दिनुपर्दो रहेछ । यी महान् उपलब्धीको रेकर्ड कसरी राख्ने र कुन महलमा ? यसका लागि उनीहरुले अन्तरीक्ष यात्रीको मान्यता पाउनु पर्छ ।

अमेरिकी नियमले यिनीहरुलाई अन्तरीक्ष यात्री मान्न अनकनायो । पर्यो फसाद् ! दुवै कानुनी मान्यताको मारमा परे ।

अमेरिकाको संघीय उड्ययन प्रशासन (फेडरल एभिएसन एडमिनिस्ट्रेशन) ले अन्तरीक्षयात्री अर्थात् एस्ट्रोनट बन्नका लागि कानुनी मान्यतामा परिवर्तन गरेकाले उनीहरु अन्तरीक्ष यात्री बन्नबाट बञ्चित हुन पुगे ।

अन्तरीक्ष उडानका लागि पुराना सबै मापदण्ड पालना गरिए पनि नयाँ अनुसार केही छुट्न गए । नयाँका अनुसार अन्तरीक्षयात्री बन्नका लागि कम्तिमा ५० माइलसम्मको उचाइमा उडान भर्नुपर्ने, रकेट उडानका क्रममा रकेटभित्र निर्देशित गतिविधि प्रदर्शन गर्नुपर्ने, चालक दलको एक हिस्सा हुनु पर्ने र उडान सुरक्षित बनाउन केही भूमिका खेलेको हुनुपर्ने राखिएको छ । यीमध्ये केही कुराहरुमा अपुग हुन गएकाले जेफ बेजोस र रिचार्ड ब्रान्सन अन्तरीक्षयात्री हुन अयोग्य भए ।

यी नियमहरु व्यवसायिक अन्तरीक्ष उडानका लागि बनाइएका हुन् । नयाँ कानुनमा यी नियम पालना नगरेमा हरेक व्यक्तिको अन्तरीक्षमा हुनसक्ने विपत्तिमा बचाउ हुुन सक्दैन भनी पछि मात्र थप गरिएको हो । यो प्रावधानका कारण उनीहरु केवल मानार्थ अन्तरीक्ष यात्री बन्ने संभावना बढेर गएको छ ।

(एजेन्सीको सहयोगमा)