• मंसिर २० २०८१, बिहीबार

स्वस्थ प्रतिस्पर्धा अवलम्वन गर

श्रावण २८ २०७८, बिहीबार

केन्द्रमा सरकार परिवर्तन भएसँगै प्रदेशमा पनि सरकार परिवर्तनको लहर चलेको छ । देउवा सरकार बनेको एक महिनाभित्रै लुम्बिनी र वागमती प्रदेशले यसको छनक दिन थालेका छन् । लुम्बिनी प्रदेशले कुलप्रसाद केसी ‘सोनाम’लाई नयाँ मुख्यमन्त्री चयन गरिसकेको छ ।

तात्कालीन बहालवाला मुख्यमन्त्री शंकर पोखरेलले बुधवार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा बुझाएसँगै नयाँ मुख्यमन्त्री चयनका लागि ढोका खुलेको हो । आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै पोखरेलले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेका थिए ।

त्यस लगत्तै सत्ताधारी गठबन्धन नयाँ सरकार निर्माणका लागि प्रक्रियामा प्रवेश गरिसकेको छ । त्यसो त सरकार परिवर्तनमा टुटफुट र लुम्बिनी प्रदेशमा सरकार परिवर्तनमा एमाले विभाजनले पनि ठूलो असर पारेको छ ।

एमाले आन्तरिक खटपटका कारण वर्तमान सत्ता उलटपलट भएको हो । सत्ताधारी पार्टीमा टुटफुटको खेती किन भैरहन्छ यो हरेक पार्टीका लागि आन्तरिक समीक्षाको विषय हुन सक्छ । तथापि प्रक्रियामा स्वस्थ प्रतिस्पर्धा ल्याउनु जरुरी छ ।

नयाँ गठबनधनभित्र माझिनु पर्ने कुराहरु धेरै छन् । यसका लागि दल र दलका नेताहरुले राजनीतिक चरित्रमा कमी आउन दिनु पनि हुँदैन । सरकार बन्ने र भत्कने प्रक्रिया समयक्रमसँगै अघि बढ्छन् पनि । सत्तागमन र बहिर्गमन रोटे पिङको गतिजस्तै हो ।
त्यसैले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको विधि अवलम्बन गर ।