काठमाडौँ। नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले काठमाडौं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरूले बेलुकी ८ बजेदेखि सवारी साधन चलाउन नपाउने नियम लगाएकोप्रति प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रश्न गर्दै थापाले भने ‘साँझ ८ बजेपछि काठमाडौंलगायत ठाउँहरूमा संक्रमण बढ्दै जाने अनि बिहान संक्रमण घट्दै जाने यो अध्ययन कहाँ भएको हो?,’
सरकाले कोरोनाविरूद्ध खोप ल्याउने काम गरे पनि खोप लगाउने केन्द्र व्यवस्थापन गर्न नसकेको थापाको भनाइ छ ।
कतिपय स्थानका परीक्षा रोकिएका भन्दै उनले खोप दिएर परीक्षा दिने भनिएको अवस्था बारेमा जानकारी माग गरे।
‘केही अवस्थामा परीक्षा सुरु गर्ने भनिएको छ। यसरी कोभिड संक्रमित विद्यार्थीले परीक्षा हलमा बसेर परीक्षा दिइरहँदा त्यसबाट फैलियो भने कसले जिम्मा लिन्छ?’, थापाले प्रश्न गरे ‘हामी आईसीयू र भेन्टिलेटर गनिरहेका छौं। यसले मात्र पुग्छ कि जनशक्ति आवश्यकता हुन्छ?’