• बैशाख ९ २०८२, मंगलवार

के ९० दिनभित्र सत्तामा जालान् त तालिबान ?

श्रावण २८ २०७८, बिहीबार

काठमाडौँ । अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार तालिवानी विद्रोहीहरुले कब्जामा लिएका छन् । विभिन्न समाचारहरुका अनुसार विद्रोहीहरुले देशको दोस्रो ठुलो शहर कान्दाहार आफ्नो कब्जामा लिएर त्यहाँ जेलमा रहेका सयौं कैदीहरुलाई रिहा गरेका छन् । अन्तरराष्ट्रिय रेडक्रसका अनुसार अहिले कान्दाहार शहरका गल्ली गल्लीहरुमा विद्रोही र सरकारी फौजबीच लडाई जारी छ । अफगानिस्तानका ३४ मध्ये ९ वटा प्रान्त तालिबानले कब्जा गरिसकेको छ ।

सरकारी सेना प्रमुख बर्खास्त

तालिबानी विद्रोही लडाकूको तस्बिर
तालिबानी विद्रोही लडाकूको तस्बिर

एकपछि अर्को गरेर विद्रोहीहरुले देशका ठूला ठूला शहर र प्रान्त कब्जा गर्दै गएपछि बुधबार अफगानिस्तानको सरकारले त्यहाँका सेना प्रमुख अली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको छ । गत जुन महिनामा नै अहमदजाइलाई सेना प्रमुखमा नियुक्त गरिएको थियो । तालीबानी विद्रोहीसँग लड्न आफैले नियुक्त गरेका सेना प्रमूखलाई त्यहाँक राष्ट्रपति असरफ गनीले नियुक्त गरेको झन्डै दुई महिनामै बर्खास्त गरेका छन् । करिब २० वर्षदेखि तालिबानी विद्रोहीलाई दबाउन अफगानिस्तानको सरकारलाई सहयोग गरेर अफगानिस्तानमा बसिरहेका अमेरिकी र अन्य देशका सेनाहरुले अफगानिस्तान छोडे लगतै देशको भू–भागमा तालिबानाले आफ्नो नियन्त्रण बढाउदै लिएको छ ।

अब ९० दिनभित्र तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गर्न सक्ने

हालका दिनहरुमा अफगानिस्तानमा विद्रोही र सत्तापक्षबीच सत्ताको लागि निर्णायक जस्तो संघर्ष रहेको छ । सरकारी पक्षलाई सहयोग गरिरहेको विदेशी फौज आ–आफ्नो देश फिर्ता भएसँगै बीसवर्ष पहिले गुमाएको आफ्नो सत्ता फिर्ता गर्ने कसरतमा तालिबान रहेको छ भने आफूले भोग गरिरहेको राज्यसत्ता विदेशी शक्तिको साथ नभएपनि जोगाइरहने कसरतमा हालको सत्तापक्ष रहेको छ ।

तालिबानहरुले कब्जा गरिसकेको भू-गोल सहितको अफगानिस्तानको नक्सा/तस्बिर स्रोत बीबीसी
तालिबानहरुले कब्जा गरिसकेको भू-गोल सहितको अफगानिस्तानको नक्सा/तस्बिर स्रोत बीबीसी

सत्ता संघर्ष जारी रहदा अबको ९० दिनभित्र तालिबानहरुले अफगानिस्तानमा सत्ता कब्जा गरिसक्ने आंकलन विश्व राजनीतिमा गरिएको छ । अफगानिस्तानका कयौं शहर र एयरपोर्टहरुमा सरकारी सेनाहरुले सयौंको संख्यामा विद्रोही लडाकूहरुको अगाडी आत्मसमर्पण गरिरहेको समाचारहरु बाहिरिइरहँदा बुधबार अमेरिकाको ‘वासिंगटन पोष्ट’ नामको पत्रिकाले अबको ९० दिनमा पुरै अफगानिस्तान तालिबानहरुको कब्जामा जानसक्ने एक सनसनीपूर्ण रिपोर्ट प्रकाशित गरेको छ तर त्यहाँको सत्तापक्षले यस्तो आंकलनलाई ठाडै अस्विकार गरेको छ ।