• फाल्गुन २७ २०८२, बुधबार

लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि केसीको दाबी

श्रावण २८ २०७८, बिहीबार

काठमाडौँ। लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गरेका छन् ।बिहीबार आफ्नो समर्थनमा प्रदेशसभाका ४२ सांसदको हस्ताक्षरसहित केसीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
केसीको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बहुमतको सरकारको दाबी पेस गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका थिए ।