अनुहारमा सौन्दर्य र चमक बढाउन फेशियल गर्ने गर्छन्। सुन्दर अनुहार अझै सौन्दर्य निखार्नको लागि फेशियल राम्रो उपाय हो। तर अत्यधिक फेशियल गर्नाले अनुहार बिग्रन पनि सक्छ।
धेरै फेशियल गर्दा यस्ता समस्याहरु देखिन्छन् । अनुहार सुन्दर र चमक ल्याउन गरिने यस्ता फेशियलबाट अनुहारमा नकारात्मक असर पर्ने हुन्छन् ।
ब्ल्याक हेडस्– अनुहारको रोम छिद्र खुल्ला हुने हुँदा ब्ल्याक हेडस् बन्ने गर्छ। खुल्ला रोम छिद्र भएको अनुहारका लागि यस्ता केमिकल युक्त उत्पादनहरु धेरै हानिकारक हुन सक्छ।
फेशियलको बेफाइदा एलर्जी– अनुहारमा फेशियल गर्दा धेरै प्रकारका केमिकल युक्त क्रिमहरू प्रयोग हुने गर्छ। यी क्रिमहरू प्रायः सबैको अनुहारमा मिल्दैन। त्यसकारण यी क्रिमहरुले छालामा एलर्जी पनि निम्त्याउन सक्छ।
छालामा रातो दाग– अनुहारमा धेरै स्क्रब र मसाज गरिन्छ। तर गलत मसाजको कारण अनुहारको छाला पनि रातो हुन सक्छ र यसले छालामा संक्रमण गराउन सक्छ।