• फाल्गुन २७ २०८१, मंगलवार

चितुवाको छाला सहित दुईजना पक्राउ

श्रावण २७ २०७८, बुधबार

काठमाडौँ। पाल्पामा चितुवाको छाला सहित दुईजनालाई प्रहरीले गिरफ्तार गरेको छ। मंगलबार पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ५ कुसुमखोला देउरालीबाट मोटर साइकलमा सवार दुईजनालाई चितुवाको छाला सहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

मुझुङ बतासेबाट तानसेन तर्फ जाँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटर साइकलबाट सो छाला सहित पक्राउपर्नेहरुमा रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन्।

उनीहरुलाई लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङ र प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीको संयुक्त समूहले चेक जाँच गर्ने क्रममा उक्त छाला सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।