• बैशाख ९ २०८२, मंगलवार

चीन विरुद्ध जासुसी गरेको आरोपमा क्यानडेली व्यापारीलाई ११ वर्ष जेल सजाय

श्रावण २७ २०७८, बुधबार

काठमाडौँ । चीनको एउटा अदालतले क्यानाडाका एक व्यापारीलाई ११ वर्ष जेल सजाए सुनाएको छ । सन् २०१८ देखि चीनको हिरासतमा रहेका माइकल स्पाभोरलाई जासुसी गरेको आरोपमा त्यहाँको अदालतले यस्तो सजाए गर्ने फैसला गरेको हो । सजाए पाएका ती क्यानडेली व्यापारी उनका साथी अर्का क्यानडेली नागरिक माइकल कोभ्रिगसँगै चीनमा २०१८ मा पक्राउ परेका थिए ।

बुधबार चीनको डाण्डोङ्ग अदालतले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,‘जासुसी र राज्यका गोप्य कुरा विदेश पठाएको अपराधका लागि स्पाभोरलाई ११ वर्षको जेल ५०,००० युआन बराबरको निजी सम्पती जफत र देश निकालाको सजाए तोकेको छ ।’ अदालतको विज्ञप्तिमा स्पाभोरलाई कहिले देश निकाला गरिने भनेर केही उल्लेख नभएको बीबीसीले बताएको छ । सामान्य रुपमा चीनले आफ्नो देशमा सजाए तोकिएका विदेशी मानिसहरुलाई जेल सजाए पुरा गरेपछि देश निकाला गर्ने गरेको छ ।

चीनका लागि क्यानाडाका राजदुत डोमिनिक बार्टनले चीन अदालतको सो फैसलाको भत्सर्ना गरेका छन् । राजदुत बार्टनले आफ्ना नागरिक छुटाउन पुनरावेदनमा जाने प्रतिक्रिया दिएका छन् । अदालतले सजाए सुनाएका स्पाभोर उत्तर कोरियासँग अन्तरराष्ट्रिय व्यापार र साँस्कृतिक सम्बन्धका लागि सहयोग गर्ने पेक्टू कल्चरल एक्सचेञ्जका संस्थापक सदस्य हुन् ।

क्यानाडाको हिरासतमा रहेकी चिनियाँ दुर संचार कम्पनी हुवावेकि कार्यकारी निर्देशक मंङ वाञ्जू
क्यानाडाको हिरासतमा रहेकी चिनियाँ दुर संचार कम्पनी हुवावेकि कार्यकारी निर्देशक मंङ वाञ्जू

उनीसँगै गिरफ्तार परेका कोभ्रिगको गत मार्च महिनामा नै छुट्टै सुनुवाई भएको थियो तर उनलाई कुनै फैसला सुनाइएको थिएन ।सन् २०१८ मा अर्का क्यानाडेली नागरिक रोबर्ट लोयड शेलेनवर्गलाई लागु पदार्थ तस्करी गरेको भन्दै चीनमा १५ वर्षको जेल सजाए सुनाइएको थियो ।

क्यानाडामा पनि सुनुवाई जारी

चीनमा शेलेनवर्गको फैसलाको केही दिनपछि क्यानडाले अमेरिकाको सुपुर्दगी पूर्जीको आधारमा चिनियाँ दुरसंचार कम्पनी हुवावेका कार्यकारी निर्देशक मंङ वाञ्जूलाई क्यानाडामा गिरफ्तार गरेको थियो । क्यानडाले मंङ वाञ्जूलाई गिरफ्तार गरेपछि तात्तातो प्रतिक्रिया दिँदै चीनले उनलाई क्यानाडाले मुक्त नगरे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो । उता क्यानाडाको अदालतमा मंङ वाञ्जूलाई अमेरिका सुपुर्दगी गर्नेबारेको केशमा सुनुवाई भइरहेको छ ।

कतिपय विश्लेषकहरुले चीनको बुधबारको फैसलाले क्यानाडा र चीनबीचको चिसो बनेको सम्बन्धलाई झन् प्रभाव पार्ने बताएका छन् । चीनले अमेरिकाले सुपुर्दगी चाहेको हुवावेका कार्यकारी प्रमूख मंङ वाञ्जूलाई क्यानाडाबाट छुटाउने प्रयास गरिरहेको छ । चीनका आलोचकहरुले स्पाभोर र कोभ्रिगलाई अपराधका लागि नभएर मंङ वाञ्जूलाई छुटाउने प्रयत्नका लागि गिरफ्तार गरेर त्यस्तो फैसला सुनाएको हुनसक्ने आँकलन गरेका छन ।