काठमाडौँ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आज छलफल गर्ने भएका छन्।
बुधबार दिउँसो २:३० बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा पौडेल र सिटौलासँग सभापति देउवाले छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ।
क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्ने जिम्मा शीर्ष नेताले लिए पनि विवाद टुंगिएको छैन।
केन्द्रीय समिति बैठक बस्नु एक दिनअघि देउवाले पौडेल र सिटौलासँग छलफल गर्न लागेका छन् । कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ ।